चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ २८ ,चैत्रउपल्लो र तल्लो मुस्ताङले परिचित हिमालपारीको १६ गाविसका ९१ वटा बस्ती रहेको मुस्ताङ कागवेनीको साङता लगायत उपल्लो मुस्ताङका ७ गाविसहरु निषेधित क्षेत्रमा पर्ने हुदा अभैm रहस्यको बिषय बनेका छन । सरकारी मान्यता नपाए पनि लामो समय देखि ९० बस्तीमा हालसम्म पनि मुखिया प्रथा कायमै छ । मुखियालाई स्थानिय स्तरमा सामाजिक कार्यलाई गति दिन, सहज ढंगले अगाडि बढाउने अगुवा प्रतिनिधिका रुपमा लिइन्छ । गाउ घरका हरेक समस्या मुखियाकै अगुवाइमा समाधान गरिन्छ । मुखियाबाट समाधान हुन नसकेका बिषयलाई सम्पुर्ण गाउलेको बैठकमा छलफल गराउदै समाधान निकालिन्छ । कटुवालको आव्हान पछि कुनै व्यक्ति अनुपस्थित रहेमा छेवा (जरिवाना) लगाइन्छ । मुखियाले निर्देशन गरेको हरेक काम जनसमक्ष पु¥याउने काम कटुवालको हो । गाँउमा कुलो, बाटो बनाउने, सरसफाई अभियान, सिंचाईको पालो मिलाउने, स्थानीय कोष स्थापना गर्ने, झै झगडा मिलाउने, स्थानिय मुद्दाको अन्तिम निणर्य गर्ने, बिपत पर्दा आर्थिक सहयोग उपलव्ध गराउने, सरकारले उपलव्ध गराएको नुन चामल बाड्ने, हरेक खेतीको समयसिमा तोक्ने, कसैले सहयोग माग्न आएमा गाउलेलाई आव्हान गरिदिने जस्ता दैनिक काम मुखियाको कार्यक्षेत्र अन्तर्गत रहेको देखिन्छ । केहि ठाँउका मुखियाले कोहीलाई गाउँ निकाला त केही मुखियाले अप्रत्यक्ष धम्की दिने पनि गरेकाछन ।
लोछो ध्युन अन्र्तगत उपल्लो मुस्ताङका छ गाबिसका छोसेर, आर्का, ढुक, धाक्या, गोर्फुक, समजुङ, छोन्हुप,किमलिङ, फुवा, नाम्ग्याल, चुङजुङ, न्याम्डो, चराङ, मराङ, घमि, ढाकमर, घिलिङ, सुर्खाङ, ढि, यारा, घारा, ध्ये, ताङग्या बस्ती बाह्र गाउँ अन्र्तगत कागबेनी झोङ, मुक्तिनाथ र छुसाङ गाबिसका कागबेनी, फलेक, शान्ता, तिरी, ढार्काजुङ, पाङलिङ, छुसाङ, तेताङ, ताङबे, चैले, समर, ध्याकर, खिंगा, झारकोट, रानीपौवा, पुराङ, झोङ गाँउ, पाँचगाँउ अन्तर्गत जोमसोम, मार्फा र टुकचे गाविसका चिमाङ, छैरो, मार्फा, स्याङ, ठिनी गाँउहरु पर्दछन । यस्तै थाक सात सय अन्तर्गत टुकचे, सौरु, कोवाङ, लार्जुङ, न्याउरीकोट, लक्र्यौ, धम्पु, कालोपानी, लेते, घाँसा, टिटि, छयो, ताक्लुङ, कुन्जो आदि बस्तीहरु रहेकाछन ।
पुुर्व मुस्ताङे राजा जिग्मे परवल विष्ट पनि मुखियाकै सन्तान थिए भन्ने गरिन्छ । लोमान्थाङमा १४ औ शताव्दी देखि राजाले राजकाज चलाउदै आएको ऐतिहासिक प्रमाण रहेको घिलिङका साहित्यकार निमा ठिन्ले गुरुङले बताउदै भने ‘‘पुर्व मुस्ताङे राजा जिग्मे परबल बिष्टको सन्तान अभिपाल तिव्वत यारलुङ नामक मुखियाका सन्तान भएको विभिन्न लेखहरुबाट प्रष्ट पारिएको हुदा तिव्वत हुदै मुस्ताङमा मुखिया प्रथाले व्यापकता पाएको र हाल सम्म यथावत रहेको प्रष्ट हन्छ ।” कतिले त पूर्ब राजा तिव्वतका मिलारेप्पा लामाका सन्तान पनि भन्ने गरेको ठिन्लेले बताए ।
कुञ्जोका स्थानिय राजनितिकर्मी धिरेन्द्र बिकले लामो कुराकानीमा भने आधुनिक नेपालमा धेरै व्यवस्था आए गए तर मुखिया प्रथामा भने खासै फरक आएको देखिदैन । पंचायतको बेला प्रधानपंच भनेको सरकारी काम गर्ने व्यक्ति मात्र मानिन्थ्यो । बहुदलमा पनि गाविस अध्यक्षको भन्दा मुखियाको बोलवाला नै थियो । देशमा गणतन्त्र आयो तर मुखियाको अधिकारमा भने कुनै कटौती भएको पाइदैन । स्थानिय निकाय विहिन अवस्थामा पनि मुखियाकै अगुवाइमा दैनिक कार्य संचालन भैरहेका छन । सरकारी कार्यालहरुले समेत अप्रत्यक्ष रुपले मुखियाहरुसंग सहकार्य गरिरहेका छन । गाँउ वस्तीका हरेक क्रियाकलाप गर्न हरेक मुखियाको हक अधिकार सम्बन्धि छुट्टै व्यवस्था गरिएको हुन्छ । तर यसलाई बाहिरी समाजमा भने ल्याइदैन बिकले भने । म्याग्दीका सभासद गोबिन्द पौडेलले मुस्ताङमा सबिधान सुझाब संकलनका बेला स्थानिय जनता नआए पछि मुखियालाई गुर्हानु परेको आफ्नो एक लेखमाबताएका छन ।
न्यायका लागि पहिले चार पैसा दाम राखेर मुखिया समक्ष उजुरी दिने प्रचलन भए पनि हाल केही परिवर्तन भएको पाइन्छ । प्रकृति हेरी लिखित वा मौखिक उजुरीका साथै खादा चढाउने चलन छ । जटिल खालका मुद्धामा भने गाउले सबै मिली पक्ष विपक्षका कुरा सुनिसके पछि न्याय दिने गरेको बताइन्छन । बाह्र गाँउ र लोछो–ध्युनका मुखिया समक्ष उजुरी गर्दा खादा,रक्सीमा घिउ राखी केही दाम चढाउने चलन छ । मुखिया भैसके पछि दैनिक जसो औपचारिक बैठक, छलफल, गाउलेहरुसंग गरिरहनु, गाँउमा के भैरहेको छ, कसको खेतीबाली नोक्सानी भयो, कसको चौपायाले निषेधित क्षेत्रमा नोक्सान पु¥याए, कुलोबाट आउने पानी कसको खेतमा पुग्यो आदि काम मुखियाको जिम्मेवारी भित्र पर्दछ । मुखियाको निर्देशन अनुरुप सबै कार्य कटुवालले गर्दछ । मुखिया र कटुवालको तर्फबाट गल्ती भएमा सामान्य नागरिक भन्दा दोव्वर छेपा (जरिवाना ) तिर्नु पर्ने बताइन्छ । मुखिया बाहेक आर्थिक कारोवार गर्ने नेर्पा र सहयोगी म्हिचेन समेत रहने गर्दछन । गाँउ अनुसार मुखिया र कटुवालको संख्या राखिने गर्दछ । कटुवाललाई गाँउ अनुसार छेपा, घुण्डोल, धोरोप्पा, पपन आदि भन्ने गरिन्छ । सामान्यतया एक दुई बर्षमा मुखिया लगायतको टोली पनि फेरिन्छ । गाउलेहरुले आ–आफनै तरिका अनुसार मुखिया परिवर्तन र्गछन । कागबेनी क्षेत्रमा प्रत्येक बैशाखमा मुखिया फेरिन्छ । एकपटक मुखिया भैसकेको व्यक्तिलाई हटाएर नँया हुने गरी गोलाप्रथाद्धारा मुखिया छान्ने प्रचलन छ । पढदै गरेको र अबुझलाई भने यसमा समावेस गरिदैन । कटुवाल पनि यही विधि अनुसार छान्ने गरिन्छ । सबैको पालो पुगेपछि भने पुनः क्रमैसँग मुखिया र कटुवाल बन्नै पर्ने हुन्छ । चिठ्ठा परेको व्यक्ति घरमा नभएमा घरका अरुले नै उसको कार्यभार सम्हाल्नुपर्ने हुन्छ ।
गत बर्ष स्याङकी कमला सुनचौरीलाई जनकल्याण निमाबिका शिक्षक इन्द्र प्रसाद भुषालले दिएको यातना बाहिर ल्याएकोमा मुखिया सहितको टोलीले प्रेश बिज्ञप्तीबाट संचारकर्मीलाई धम्काइयो । कागबेनीका शिक्षक धुव्र्र बराल र स्थानिय बासीन्दा टेक बहादुर खत्रीलाई सरकारको बिरोध गरेको भन्दै बिद्यालय र कागबेनी गाउँ निकाला गर्न खोजीएको एकीकृत माओबादी मुस्ताङकी सेक्रेटरी गायत्री दुरा कुसुमले बताइन । केहि बर्ष अगाडी ठिनीकी भिम कुमारी परियारका नावालक छोराले गरेको गल्तीका कारण परिवारलाई नै गाउँ निकाला गर्न खोजीएको हिमालपारी उत्पिडीत समुदाय बिकास तथा सशक्तिकरण परिषद मुस्ताङका अध्यक्ष भिम बहादुर रसाइलीले बताए । सचारकर्मी चन्दश्वर बस्ताकोटीलाई राज्यले प्रथा खारेज गरि सकेपनि कानुन बिपरित अबैध रुपमा कर उढाएको बिषयलाई संचार माद्यममा आएको बिसयलाई लिएर जोमसोमका मुखियाका छोराले गत बर्ष हातपातमात्र गरेनन, मुखियाको घरमा लगि ७ दिन भित्र गाउ निकालाको धम्कीदिए । त्यो समाचार चन्द्रस्वर बस्ताकोटीले नभै अन्य कुनै पत्रकारले लेखेको थियो ।
मुक्तिनाथ रानीपौवामा उमेरको हिसावले मुखिया रोज्ने गर्दछन १८ बर्ष उमेर पुगेपछि पालैपालो मुखिया हुने चलन छ । प्रत्येक बर्ष फेरिने मुखिया पुरुष हुने गरेपनि कार्यभार महिलाले समेत सम्हाल्न सक्ने व्यवस्था गरिएको हुन्छ । उपल्लो मुस्ताङमा समेत यस्तै प्रचलन रहेका पाइन्छ ।
मार्फा, गाउमा रहेका चार जात पन्नाचन, हिराचन, ज्वारचन र लालचनबाट एकेक मुखिया राख्ने चलन छ । चारजना मुखिया पालैपालो हुने मुख्य मुखिया उसकै घरमा कार्यालय समेत राख्ने गरिन्छ । दलितलाई भने हाल सम्म यसमा समाबेस गरेको पाइदैन । कटुवाल समेत यसै अनुसार ४ जना हुने गर्दछन । मुख्य मुखियालाई थुइमेन ठालु र मुख्य कटुवाललाई चिलवा भन्ने गरिन्छ । मार्फाका समाजसेवी, पुर्व जिबिस सभापति एवं हालका मुखिया भक्ति हिराचनले भने हामी क्रमिक रुपमा दलितलाई पनि अगाडी बढाउदै छौ पहिले उनीहरुले चासो नदेखाएकाले पनि नसमेटिएको हुन सक्छ, हामी बिच कुनै भेदभाव छैन ।
टुकचे भन्दा तल थाक सात सयका केहि स्थानमा वंशाणुगत मुखिया राख्ने प्रचलन पनि रहेको छ।यस क्ष्ोत्रका चन थकालीहरु मध्ये आफुले चाहेको मुखिया फेर्ने अधिकार भने जनतामा निहित रहेको स्थानियबासी बताउछन । थाक सातसय क्षेत्रमा तेह्र मुखिया रहेका छन । उनीहरुले उच्च हिमाली डांफे चरन क्षेत्रलाई आम्दानीको स्रोत बनाएको घासाका मुखिया राजन गौचनले बताए । यस क्षेत्रका तेह्र मुखियाहरुले मुख्य मुखिया पनि चुन्ने गर्दछन, जसलाई मिरमुखिया भन्ने गरिन्छ । थाक सातसयका मिरमुखिया हाल इन्द्रबहादर तुलाचन रहनु भएको छ । मुखिया प्रथा गैरकानुनी भए पनि त्यस अन्तर्गत गरिने कार्यहरु यदाकदा बाहेक प्रायः लोकतान्त्रिक, सामाजिक, व्यवहारिक र समाजमा लोकप्रिय मानिने गरेकोे बताउदै मिर मुखिया तुलाचनले भने थकालीको पहिचान समेत भएकाले हामी थकाली सेवा समिति गठन गरि थाक सात सय क्षेत्रमा काम गरिरहेका छौ, सबै गाँउका मुखिया थकाली सेवा समितिका सदस्य हुन, मुखिया नाम पहिले देखि चलनमा आएकाले छोडन केहि गाह्रो भएको हो ।
२०।२२ बर्ष पहिले सदरमुकामको पुथाङमा शिक्षितहरुले सरकारी प्रशासनकै मातहतमा गाविसबाट काम गर्ने भनिए तापनि सामाजिक कार्यमा निकैगाह्रो भएको महुसस गरी पुन मुखिया राख्ने गरेका छन । यहा २।२ बर्षमा मुखिया फेरिने गरेको छ । पुथाङमा घर भएकालाई नेपाल मै रहेर मुखिया चुन्ने बेला सम्बंदित भेलामा अनुपस्थित भए पाँचहज्जार रुपैया जरिवाना लाग्ने गरेको जोमसोमका यम प्रसाद थकालीले बताए । उनले भने एरपोर्टमा रहेको आफन्तको घरका पोखराबस्ने आफन्त बिशेस कारणले आउन नपाउदा पाच हजार तिर्नु परेको हो ।
नेपालमा गणतन्त्र सँगसगै छैरो गाँउमा भने दुईबर्ष अगाडि देखि मुखिया प्रथालाई गणतान्त्रिक गाँउ सुधार समिति नामाकरण गरेर अध्यक्ष, उपाध्यक्ष, सचिव र घुण्डोल राख्ने चलन चलाइएको स्थानिय तिलक बिकले बताए । अध्यक्षलाई दिइएको जिम्मेवारी आवश्यक देखिएमा सबै गाँउले मिली जुनसुकै बेलापनि फेरवदल गर्न सक्ने उनीहरुको नियम रहेको बताइए पनि गत बर्ष नाबालिकालाई बलात्कार गर्न खोज्ने अध्यक्ष प्रेम बहादुर तामाङलाई कुनै कारवाहि गर्नुको सट्टा पुरस्कृत गर्दै हाल सम्म घटना गुपचुप बनाइएको छ ।
प्रशासनिक लगायत न्याय क्षेत्रका काम समेत मुखियाले गर्ने हुँदा गाउँमा भएका घटनाहरु बाहिर आउदैनन र नगण्य मात्रामा प्रहरी प्रशासन, अदालतमा उजुरी पर्ने गरेको छ । जिल्ला अदालतमा पहिले मुस्ताङी राजाकी भाउजु र राजाको अंश मुद्दा, पुर्व सांसद ओम बिकास गौचन दम्पती हत्या, कोवाङको खन्ती हत्या, केहि हत्या र केहि सवारी दुर्घटना बाहेक अरु खासै मुद्दा परेको देखिदैन । दुई बर्ष पहिले छुसाङको तेताङका दुई जनाको हत्या गर्ने को थिए, प्रहरीले हाल सम्म खोज्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय मुस्ताङमा गत पौष सम्म कार्यरत प्रहरी नायब उपरिक्षक भोला बहादुर रावलले एक कुराकानीमा भने हत्याको किटानी जाहेरी पछि अनुसन्धानका क्रममा प्रहरीमा मारेको अभियुत्तले स्वीकार गरिरहेको बेला बहिरबाट अभियुत्तका आफन्त प्रहरीका सामुनै हत्या नभइ आफै मृत्यु भएको बताइरहन्छन । लामो समय उपल्लो मुस्ताङमा कार्य गरि हाल जोमसोममा कार्यरत असइ देब गुरुङले भने मुद्दाको कुरा छाडौ लोमन्थाङ सिमा प्रहरी चौकी भित्रै दुई बर्ष पहिले प्रहरीले स्थानियबासीन्दाको झगडामा चासो देखाएको भनि चौकी भित्रै गई सुरक्षाकमीलाई कुटपिट गरेका थिए, सामान्य देखि ठुला मुद्दाको छिनो फानो मुखियाले गर्छन, हामीलाई थाहै हुदैन ।” एसको आसय सबै गाउका मुखिया गलत छन् भन्ने पक्कै होइन ।
मुखिया प्रथा शासनका रुपमा नभै चलनका रुपमा बिकसित हुन आवश्यक छ, जुन चलन मन पराउनेले मात्र अनुसरण गरोस, कसैलाई दवावमा नल्याइयोस । आम रुपमा स्थानिय स्तरका सकारात्मक परम्परा र चलनको अनुसरण गदै नकारात्मक परम्परा र चलनलाई छोडन सके जनताले राज्यका गलत नितिलाई असल बनाउन महत्वपुर्ण भुमिका खेल्ने थिए ।
No comments:
Post a Comment