https://www.facebook.com/photo.php?fbid=2324013610956147&set=gm.2350196758364234&type=3&theater&ifg=1
Thursday, February 7, 2019
#भावपुर्ण_श्रद्धाञ्जली
https://www.facebook.com/photo.php?fbid=2324013610956147&set=gm.2350196758364234&type=3&theater&ifg=1
Saturday, January 26, 2019
केन्द्रिय युवा परिषदको पहिलो भेला काठमाण्डौमा हुने
गत पौष १४ गते केन्द्रिय युवा परिषदको पहिलो बैठकले गरेको निर्णय सदर गर्दै आज माघ ११ गते बस्ताकोटी बंस अनुसन्धान परिषदले एउटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
केन्द्रिय कमिटीको पहिलो बैठकबाट आउदो चैत्र २३ गते सनिवार काठमाडौंमा बृहत युवा परिषदको भेला गर्ने निणय भएको छ । सन्तोष बस्ताकोटीको संयोजकत्वमा बनेको केन्द्रिय युवा परिषद तदर्थ समितीलाई भेला आयोजना गर्न सहयोग पुर्याउन केन्द्रिय कमिटीले केदारनाथ बस्ताकोटीको संयोजकत्वमा एक कमिटी बनाएको छ । जसले युवा भेला गर्न युवाहरुलाई सहयोग पुर्याउने, दिशानिर्देश गर्ने छ । जसको सदस्यमा युवा परिषद केन्द्रिय तर्दथ समितीका पदाधीकारी सहीत कृष्ण प्रसाद बस्ताकोटी, दिलिप बस्ताकोटी स्यांजा, कुमार शर्मा बस्ताकोटी बिराटनगर, दिपकचन्द्र बस्ताकोटी, नवलपरासी, ढकनाथ बस्ताकोटी गोर्खा, बेदप्रसाद बस्ताकोटी कास्की, गणेश भक्त बस्ताकोटी कास्की समेत रहने गरी निर्णय गरेको छ । युवालाई वेबसाइट बनाउने, चलाउने जिम्मा दिनु पर्छ भन्ने युवाहरुको पहिलो बैठकको निणर्य भएपनि परिषदको बैठकले कुनै निर्णय गरेन । अव युवा बन्धुहरुको काधमा महत्वपुर्ण जिम्मेवारी थपीएको छ । युवाहरुले अवश्यपनि जिम्मेवारी गहनताका साथ निवार्ह गर्नुहुनेछ भन्नेमा बिश्वास लिएको छु । सबैलाई बधाई छ । अवश्यपनि चैत्र २३ गते सबैको भेट हुने नै छ । यहि कार्यक्रमलाई मध्यनजर गरी केन्द्रिय समितीको दोस्रो बैढक समेत उक्त दिन सोही स्थानमा हुने छ ।
सन्तोष बस्ताकोटी, कृष्ण प्रसाद बस्ताकोटी रिजोन बिशाल, सानोकाजी बस्ताकोटी, ॠषिकेश बस्ताकोटी लगायत सम्पुर्ण बस्ताकोटी युवाहरुलाई मुख्य जिम्मेवारी आएको छ । उक्त भेलामा चेलीबेटी, भाउजुबुहारी सबैलाई उपस्थितहुन र युवा परिषदको कार्यक्रम सफल बनाउन, अनुरोध छ । चेलीबेटी, भाउजुबुहारीलाई स्पेशल कोटा छुट्याएर केन्द्रिय युवा परिषदमा राख्न सबैमा आब्हान गर्दछु ।
यसै गरि बामदेब बस्ताकोटीको संयोजकत्वमा बस्ताकोटी बंस अनुसन्धान परिषद जिल्ला शाखा गठन गर्न एक उपसमीती बनाइएको छ ।
कार्यक्रम
स्थान : छिमेकी पार्टीप्यालेस, जोरपाटी, काठमाण्डौ
मिति : २०७५ चैत्र २३ गते
समय: बिहान १० बजे ।

Wednesday, January 16, 2019
शुभकामना
बस्ताकोटी बँश अनुसन्धान परिषदको तेश्रो महाअधिबेशेन सम्पन्न पश्चात केन्द्रीय कमिटिको पहिलो बैठक यहि माघ १२ गते पोखरा-७ मा हुने सुचना प्राप्त भएको छ । सबै पदाधिकारि, केन्द्रिय युवा परिषद, केन्द्रिय महिला परिषद, केन्द्रिय अनुसन्धान परिषदको समेत उपस्थिति र भूमिका रहोस् । सार्थक, महत्वपूर्ण निर्णय र कार्वान्यवनका लागि बैठकले भूमिका खेल्ने विश्वाश सहित, बन्धुत्व बिकासमा महत्वपूर्ण योगदान होस् शुभकामना । सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना । - चन्द्रश्वर बस्ताकोटी
Thursday, January 10, 2019
Wednesday, January 9, 2019
हार्दिक बधाई
बस्ताकोटी बश अनुसन्धान परिषद नेपालका केन्द्रिय सदस्य युबा ब्यबसायी, नेपाल फर्निचर तथा फर्निसिङ संघको १९ औं साधारणसभाबाट केदारनाथ बस्ताकोटी केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएकोले हार्दिक बधाई एब उहाको कार्यकाल सफलताको कामना गर्दछौ ।
शिवराज बस्ताकोटी, कास्की
बस्ताकोटी बश अनुसन्धान परिषद नेपाल, केन्द्रिय समिती
राम प्रसाद बस्ताकोटी
बामदेव बस्ताकोटी
कृष्ण प्रसाद बस्ताकोटी
राम प्रसाद बस्ताकोटी
लेखनाथ बस्ताकोटी, स्याङ्जा साखर
कुमार शर्मा बस्ताकोटी, बिराटनगर (केन्द्रिय सदस्य)
कृष्ण प्रसाद बस्ताकोटी, काभ्रे हाल काठमाडौं (केन्द्रिय सदस्य)
ढकनाथ बस्तकोटी, गोर्खा (केन्द्रिय सदस्य)
गणेशभक्त बस्ताकोटी, कास्की, (केन्द्रिय सदस्य)
उमाशंकर बस्ताकोटी, चितवन (केन्द्रिय सदस्य)
बेदनाथ बस्ताकोटी, कास्की (केन्द्रिय सदस्य)
कमल बस्ताकोटी, कास्की (केन्द्रिय सदस्य)
दिलिप बस्ताकोटी, स्याङ्जा (केन्द्रिय सदस्य)
मिनराज बस्ताकोटी, चितवन (केन्द्रिय सदस्य)
बिदुर बस्ताकोटी, नवलपुर (केन्द्रिय सदस्य)
केन्द्रिय युबा समिती
सन्तोष बस्ताकोटी, चितवन युबा सम्योजक
कृष्ण बस्ताकोटी, गोर्खा हल किर्तिपुर
रिजोन बस्ताकोटी, कास्की/ चितवन
ॠषि केश बस्ताकोटी, नवलपुर
सानोकाजी बस्ताकोटी, हेटौंडा
मणिराज बस्ताकोटी, काभ्रे

सल्लाहकार समिती
शेखर बस्ताकोटी
राधाकृष्ण बस्ताकोटी
युबराज बस्ताकोटी
नारायण बस्ताकोटी
महिला समिती
तथा सम्पूर्ण बस्ताकोटी परिवार
नोट थप सदस्यको नाम नपाएकाले सबैको नाम लेख्न सकिएन

Thursday, January 3, 2019
UNITY IS THE NEED OF TIME
I m very much impressed to see the explosion of hidden energy of dynamic bastakoti youths.Thanks to the elders or the think tanks of bastakoti bangsas for creating this platform. The energy which is generated by this recently held conference is remarkable, need to utilize for further development, research and unity of bastakotis all over the world. As we remember and pay homage to rishi Kaushik, it is indeed important to understand the the sacrifice given by our elders to bring us in one platform, despite of various obstacles. In this changing scenario of 21st century,involvement of youths enhance to unite us under one umbrella, that was our achievement and its a starting There may be some loop holes or grudges in guiding the mass but its also a learning for future correction as no one is perfect. Ours is a voluntary organisation we cannot enforce but can suggest . As we all belongs to a highly educated, renowned bangsas need to respect and praise the elders for the foundation which they have laid for us. On the other the leaders or the elders who lead the organisation should capture the energy and understand the sentiment of youths. If this two wings works unanimously than we can rule the world .
Wednesday, January 2, 2019
Sikkim Oriented Bastakoties
Bastakotis Oriented From Sikkim, India.
Part I
Lt. Bira Bhadra Bastakoti (Sirubaari Halesi Nepal) had two sons viz Lt. Srikrishna Bastakoti & Lt. Harikrishna Bastakoti.
(As above para)
Lt. Srikrishna Bastakoti came to Sikkim and established himself at Khamdong, East Sikkim.
(As above para)
Lt. Srikrishna Bastakoti also had two sons viz I. Lt. Bhawani Shankar Bastakoti & II. Lt. Rabilall Bastakoti.
(As above para) (Family of Lt. Bhawani Shankar Bastakoti)
Lt. Bhawani Shankar Bastakoti had four sons viz Lt. Chandralall Bastakoti, Lt. Bhim Narayan Bastakoti, Lt. Rangalall Bastakoti & Lt. Narapati Bastakoti.
(As above para)
Lt. Chandralal Bastakoti had 1 Son only viz Lt. Jai Narayan Bastakoti
Lt. Bhim Narayan Bastakoti had no sons
Lt. Rangalall Bastakoti Have 2 sons Hom Nath Bastakoti & Durga Prasad Bastakoti.
Lt. Narapati Bastakoti have 5 sons viz (Noname died early) Rabilall Bastakoti, Lt. Deo Narayan Bastakoti, Tanka Nath Bastakoti & Tilochen Bastakoti.
(As above para) (My Generation)
Lt. Jai Narayan Bastakoti have 2 sons viz Anand Bastakoti & Matrika Prasad Bastakoti.
Homnath Bastakoti have 3 sons viz Devi Prasad Bastakoti, Lt. Tikaram Bastakoti & Thakur Prasad Bastakoti.
Durga Prasad Bastakoti have 3 sons viz Dolanath Bastakoti, Anirudha Bastakoti & Ghanashyam Bastakoti.
Rabilall Bastakoti have 4 sons viz Tikaram Bastakoti, Dharmananda Bastakoti, Tankaram Bastakoti & (Noname died early)
Lt. Deo Narayan Bastakoti had no sons
Tankanath Bastakoti Have 1 son, name awaited.
Tilochen Bastakoti Have 1 son, name awaited.
Part II
Lt. Bira Bhadra Bastakoti (Sirubaari Halesi Nepal) had two sons viz Lt. Srikrishna Bastakoti & Lt. Harikrishna Bastakoti.
(As above para)
Lt. Srikrishna Bastakoti came to Sikkim and established himself at Khamdong, East Sikkim.
(As above para)
Lt. Srikrishna Bastakoti also had two sons viz I. Lt. Bhawani Shankar Bastakoti & II. Lt. Rabilall Bastakoti.
(As above para) (Family of Lt. Rabilall Bastakoti)
Lt. Rabilall Bastakoti had 5 sons viz Lt. Rangalall Bastakoti, Lt. Dharmananda Bastakoti, Lt. Karnakhar Bastakoti Lt. Kapila Mani Bastakoti & Lt. Devi Bhakta Bastakoti
(As above para)
Lt. Rangalall Bastakoti had no sons
Lt. Dharmananda Bastakoti had 3 sons viz Krishnalall Bastakoti, Avi Keshav Ramanuja Das, & Pharsuram Bastakoti.
Lt. Karnakhar Bastakoti had no sons
Lt. Kapila Mani Bastakoti have 4 sons viz Nanda Lall Bastakoti, Gangadhar Bastakoti, Lt. Shyamlall Bastakoti & Gopilall Bastakoti.
Lt. Devi Bhakta Bastakoti had no sons.
(As above para) (My Generation)
Krishnalall Bastakoti (Now in Manipur) have 3 sons viz Pradeep Bastakoti, Kumar Bastakoti & Sanjeev Bastakoti
Avi Keshav Ramanuja Das (Now in Bhangbaari near Damak Nepal) have 2 sons viz (noname died early) & Yadunath Bastakoti.
Pharsuram Bastakoti (Now in Bhangbaari near Damak Nepal) have 2 sons, names awaited.
Nandalall Bastakoti have no sons
Gangadhar Bastakoti have 1 son Deo Narayan Sharma Bastakoti (its me)
Lt. Shayam Lall Bastakoti have 1 son viz Narayan Bastakoti (Now in Jhapa Nepal)
Gopilall Bastakoti have 2 sons viz Lt. Pharsuram Bastakoti & Dhiraj Bastakoti.
विश्वामित्र कौशिक गोत्र प्रवर्तक
स्वयम्भुव मनु र शतरुपाबाट जन्मेकी देवहुतिको विवाह कर्दम ऋषिसंग भएको थियो | प्रजापति कर्दम र देवहूतिकि नौ ओटी छोरी कपिलदेव ऋषि सहित कला, अनसूया, श्रद्धा, हवी, गती, कृपा, ख्याती, अरुन्धती र शान्ति मध्ये अनुसूया अत्रि मुनिकी पत्नी हुन पुगेकी थिइन | कर्दम ऋषिले बाँकी अरु आठोटी छोरीहरुको बिहे क्रमशः मरिचि, अत्रि, अंगिरा, पुलस्य, पुलह,क्रतु भृगु, वशिष्ठ र अथर्वण नामक ऋषिहरुसंग गरिदिएका थिए | अनुसूयाको पतिभक्ति अर्थात सतीत्व तेजको कारण आकाशमार्गबाट विचरण गर्ने देवपनि उनको प्रतापको कारण ‘सती अनसूया’ को कोखबाट जन्मिन लालयित हुने गर्दथे | अनुसूया र अत्रि ऋषिबाट जन्मिएका दत्तात्रेय ,चन्द्रमा र दुर्वासा ऋषि मध्ये कुनैदिन चन्द्रमाले यो जगत् संचालनको अधिकार पाउँदा चन्द्रमा र ताराबाट बुध जन्मिन पुगेका थिए | बुधबाट पुरुरुवा – विजय -भिम -काञ्चन -होत्र -जन्हु -सुमन्तु – अलक-अजक-कुश-कशाम्वु -गाधी जन्मे । त्यै गाधी नै कुश वंशका दीपक हुनपुगे | गाधी राजाका छोराका पूर्वार्धकालमा छोरा जन्मिएका थिएनन | छोरी सत्यवतीको विवाह उनले महर्षि ऋचीक संग गरीदिए । बुढेश काल लागुञ्ज्याल सम्मपनि आफ्नो छोरा नभएको र छोरी पट्टीपनि पुत्र हिनता देखिएकोले ससुरा र ज्वाई ( राजा गाधी र ऋचिक )मिलेर पुत्रेष्ठि यज्ञ गरे | त्यस यज्ञको प्रतापले गाधीराजका छोरा भएर जन्मिए महर्षि विश्वामित्र | उता छोरी सत्यवती र ऋषि ऋचीकबाट जन्मिन पुगे जमदग्नि | तिनै जमदग्निका पुत्र भएर जन्मिए विष्णु अवतार परशुराम | हाम्रा वाङ्मयमा पूर्ण पुरुष, तपस्वी, साधक, रागी, विरागी युगद्रष्टा महर्षि विश्वामित्र पौराणित आख्यानमा मात्र सीमित ऋषि होइनन बरु आफ्नो कर्मपथमा हिंडेर जीवनको सर्वोच्च लक्ष्य पाउने त्यस्ता चरित्र नायक पनि हुन जसले राजाको रुपमा राज्य विस्तार गरे ,साधकको रुपमा साधना गरे अनि .राजर्षि पदबाट ब्रह्मर्षि पद पाउन सके | यिनी साधना पूर्व कालमा विश्वरथ भनेर चिह्निन्थे |
पौराणिक साहित्यमा विश्वामित्रले आफ्नो सौच सन्ध्याकोलागि नदी उत्पत्ति गरे जसलाई कौशिकी भनियो जुननदी आजको दिनमा कोशी भनेर चिह्निएको कुरो वर्णन गरिएको पाइन्छ |
कौशिक विश्वामित्र
शुरुमा उपनाम विश्वरथ भनेर चिह्निएका कुशिक गोत्रोत्पन्न कुशिक वंशज गाधिका छोरा विश्वामित्र १०० छोराका बाबु हुन पुगेका थिए |शिवजीबाट धनुर्विद्या पाउने सामर्थ्य राख्ने विश्वामित्र – विश्वामित्रकल्प’, ‘विश्वामित्रसंहिता’, ‘विश्वामित्रस्मृति जस्ता ग्रन्थका रचयिता हुन पुगेका थिए | विश्वामित्रको वसिष्ठ ऋषिसंग कामधेनु गाईको विषयमा भएको खटपट नै उनलाई ब्राह्मण बनाउने सूत्र हो | राजकूलमा जन्मिएका कारण मेनका अप्सरा संग प्रेम गर्ने तर वशिष्ठ ऋषि जस्तासंग द्वेष राखेका कारण राजा त्रिशंकुलाइ छुट्टै स्वर्ग शृजना गरी पठाउन सक्ने सामर्थ्य राख्ने यिनी पछि ऋग्वेदको तेश्रो मण्डलको मन्त्र द्रष्टार ऋषि हुन् पुगेका थिए | ऋषि विश्वामित्र तपस्याका धनि थिए | गायत्री मन्त्र इनको खोज थियो |
त्यसैमा इनले सिद्धि गरेका थिए | नवीन स्वर्गको सृष्टि गरी त्रिशंकुलाई सशरीर स्वर्ग पठाई ब्रह्मर्षि पद प्राप्त गरेका यिनी असम्भव काम गर्न माहिर मानिन्थे | राजा कुलको जन्म भई जिद्धि स्वभाव पल्हाएपनि इनी पुरुषार्थ, लगन, उद्यम र तपस्याका प्रतिमूर्तिपनि मानिन्छन | तसर्थ महर्षि विश्वामित्रले आफ्नो पुरुषार्थले ,तपस्याको बलले क्षत्रियत्वबाट ब्राह्मणत्व प्राप्त गरी राजर्षिबाट ब्रह्मर्षि भई सबै देउता र ऋषिहरुमा पूज्य हुन पुगेका थिए | विश्वामित्र सप्तर्षि मध्ये त्यस्ता ऋषि हुन जो आफ्नो तपस्याको बल र योगद्वारा सबैकालागि वन्दनीय हुन पुगेका छन |
रिशाहा विश्वामित्र
इदेवराज इन्द्र संग खटपट भएर जाँदा त्रेता र द्वापर युगको सन्धिकालमा बाह्र बर्षसम्म अनावृष्टि हुन पुग्यो | चारैतिर सुख्खा लागेर त्रिणमूल नपाएका विश्वामित्रले भोकाएर कुकुरको मासु आपतधर्म मानी खाने विचार गरे | तर , त्यो भन्दा पहिले त्यै मासु यज्ञका देव इन्द्रलाई अर्पण गरी चढाउने प्रयाश गर्दा मात्तिएका ईन्द्रले डराएर वर्षा गराई दुर्भिक्ष हटाउनु परेको थियो |
शास्त्रीय परिचय
कौंडिण्य ऋषिको शिष्य | इनको शिष्य शांडिल्य ऋषि थिए [बृ. उ. २.६.१,४.६.१]। वायु तथा ब्रह्मांड पुराणको मतमा व्यासको सामशिष्य परंपराका हिरण्यनाभको कौशिक शिष्य थिए | पाणिनीका अनुसार इनि एक शाखाप्रवर्तक ऋषि हुन | अथर्ववेदको गृह्यसूत्र लेखिंदा कुन मन्त्र लाई कहाँ राख्ने भन्ने विवाद हुँदा इनकै सल्लाह अनुसार मन्त्र राखिएको थियो [कौ.९.१०]; इनको नाउँमा छापिएका ग्रन्थहरुमा १. कौशिकगृह्यसूत्र, २. कौशिकस्मृति, ३.कौशिकपुराण रहेको छ | यी ग्रन्थहरुको उल्लेख हेमाद्रिले परिशेषखंडमा गरेका छन् [कौ. १.६.३१];[कौ. ६.३.७] | कौशिक कुलमा १३ जाना मन्त्र द्रष्टा रिशिहरु रहेका छन – १ विश्वामित्र,२ देवरात, ३ बल, ४. शरद्वत, ५. मधुछंदस, ६. अघमर्षण, ७. अष्टक, ८. लोहित, ९. भूतकाल, १०. अम्बुधि, ११. धनंजय, १२ शिशिर, १३. शावंकायन [मत्स्य. १४५. ११२-११४]| कुशांक, गाधिन्, विश्वामित्र आदिलाई सामान्यतः कौशिक भनेरै चिह्निन्छ | कुनै कालखण्डमा यिनी कुष्ठरोगी र व्यसनी हुन पुगेका थिए | इनकि पत्नी पतिभक्त थिइन् | आफ्नी श्रीमतीको काँधमा बसेर राति वेश्यानिर जाँदा बाटामा सूलीमा चढेर तपस्या गरिरहेका मांडव्य ऋषि बसेको शुली इनको शरीरको धक्काले हल्लिंदा इनले सूर्योदय पूर्वनै मृत्यु हुने श्राप पाएका थिए | तर, आफ्नी पत्नीको पतिव्रत्यताको कारण, सूर्योदय नै हुन सकेन |देउताहरुले इनकि पत्नीलाई सन्तुष्ट बनाएपछि तथा अनुसूयाले इनको पति जीवित गरेकी थिइन् [मार्क. १६.१४-८८];[ गरुड.१.१४२]।
ऋषि वशिष्ठको आतिथ्य
विदेह जनकका दरवारका राज गुरु शतानन्दले भगवान राम संग विश्वामित्रको बखान गर्दै भनेका थिए – ऋषि विश्वामित्र प्रतापी र तेजस्वी महापुरुष हुन | उनी ऋषि धर्म ग्रहण गर्नु अघि पराक्रमी र प्रजावत्सल राजा थिए | चन्द्र वंशाधिपति विश्वामित्रका कुश, कुशनाभ , आदि पुर्खा जगत प्रसिद्ध भएका कारण उनी कौशिक भनेर चिह्निएका थिए | राजा हुँदा आफ्नो सेना सहित वशिष्ठ ऋषिको आश्रममा पुगेका राजा विश्वामित्र , सेना सहितलाई एउटी नन्दिनी गाइ भएकै कारण सेवा सत्कार गर्न सक्षम भएका ऋषिलाई देखेर उनले राजदरवारमा हुनुपर्ने गाई ऋषिले किन पाल्ने भन्ने प्रश्न गर्दै वशिष्ठ ऋषि संग उक्त कामधेनु नन्दिनी माग्न पुग्दा वशिष्ठ र विश्वामित्र विच तनाव उत्पन्न भयो | ऋषि वशिष्ठको नन्दिनी काम्धेनुले ब्रह्मणत्वको अघि क्षत्रियतव निरिह हुने कुरो बताइदिएपछि इनलाई ईख पल्हाउन्दा इनी तपस्या गर्न हिंडेका थिए | विश्वामित्रका सयभाई छोरा कुपित भएर ऋषि वशिष्ठलाई मार्न जाँदा ऋषि वशिष्ठले विश्वामित्रको एउटा छोरोलाई छोडि सबैलाई भष्म गरिदिए त्यै एउटालाई दुखि भएका ऋषि विश्वामित्रले राज्य सुम्पि आफु तपस्या गर्न हिंडेका थिए | त्यो तपस्याबाट फर्केर आएपनि पुनः वशिष्ठ संग झगडिन पुगेका विश्वामित्रले वशिष्ठ्को ब्रह्मास्त्र खप्न सकेनन | त्यसपछि उनले क्षत्रिय बल भन्दा ब्राह्मण बल श्रेष्ठ हुने कुरा स्वीकारे | राजा त्रिशंकुलाई सदेह स्वर्ग पठाउने उनी थिए | प्रकृतिको नियम विरुद्धको कामनात्मक यज्ञ गराएर विश्वामित्रले त्रिशंकुलाई छुट्टै स्वर्ग रचना गरेर पठाए | लगन र प्रयाश गरे सबैकुरा सम्भव छ भन्नेकुराको मूर्ति हुन विश्वामित्र | पुरुषार्थ, लगन, उद्यम र तपस्या महर्षि विश्वामित्रका पर्याय थिए |तसर्थ पुरुषार्थ र तपस्याको बलमा उनले क्षत्रियत्वबाट ब्रह्मत्व प्राप्त गरेका थिए | राजर्षिबाट ब्रह्मर्षि , देउताहरू र ऋषिहरुका पूज्य स्थानमा पुगी सप्तर्षिमा गनिन पुगेका थिए |
विशामित्रको देन
ऋग्वेदको तृतीय मण्डलको ६२ओटा सूक्तको द्रष्टा ऋषि एक्लो विश्वामित्र नै हुन त्यसैले त्यो मण्डल ‘वैश्वामित्र-मण्डल’ भनेर चिह्निन्छ |यस मण्डलमा इन्द्र, अदिति, अग्निदेव, उषा, अश्विनी तथा ऋभु आदिको स्तुति गरिएको छ र अनेक ज्ञान-विज्ञान, अध्यात्म आदिको विस्तृत विवेचन गरिएको छ |यही तृतीय मण्डलको ब्रह्म-गायत्रीको मूल मन्त्र मुख्य द्रष्टा तथा उपदेष्टा ऋषि महर्षि विश्वामित्र नै हुन | ऋग्वेदको तृतीय मण्डलको ६२ औं सूक्तको दशौँ मन्त्र ‘गायत्री-मन्त्र’ हो –
तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो न: प्रचोदयात्॥
महर्षि विश्वामित्रले गायत्री मन्त्र प्राप्त गरेपछि त्यो वेदमन्त्रको मूल हुन पुग्यो सबै मन्त्रहरु यसैबाट निस्किन थाले | त्यसैले गायत्री मन्त्रलाई ‘वेदमाता’ भनिन थाल्यो | उनले वैदिक मन्त्रको माध्यमले गायत्री उपासना गर्न बल दिएका छन् | ‘विश्वामित्रकल्प,’ ‘विश्वामित्रसंहिता’ तथा
‘विश्वामित्रस्मृति’ आदि उनकै ग्रन्थहरु हुन | महर्षि विश्वामित्रले यो संसारलाई गाईको महिमा, त्यागको आदर्श, क्षमा शक्ति, तपस्या , उद्यम महिमा, पुरुषार्थ एवं प्रयत्न , दृढ़ता, कर्मयोग, लगन ,निष्ठा एवं दृढ़तापूर्वक कर्म गर्ने प्रेरणा दिए | ऋग्वेदको तृतीय मण्डल को ३० , ३३ तथा ५३ सूक्त मा महर्षि विश्वामित्रको परिचयात्मक विवरण गरिएको छ |त्यहींबाट यी कुशिक गोत्रोत्पन्न कौशिक हुन पुगेको बताइएको छ | ऋग्वेद ५३ औं सूक्तको नबौं मन्त्रले महर्षि विश्वामित्र अतिशय सामर्थ्यशाली, अतीन्द्रियार्थद्रष्टा, देदीप्यमान थिए भनेको छ | इनी त्यतिखेर सक्षम अध्वर्यु , उपदेष्टा तथा राजा सुदासको यज्ञको आचार्य रहन पुगेका थिए |
नेपालमा कौशिक गोत्र र विश्वामित्रको देन
नेपालमा कौशिक गोत्रीयहरुको रुपमा बुड्थापा ,घोडासैनी वा धोरासैनी , चिमाली (फुयाल) , छत्कुली , जोशी (रेग्मी) , टण्डन , डागी , तिवारी , थापा , धामी , ढुङ्गाना , पाठक , पुडासैनी , फुयाल , बखेती / बखती , बम , बस्ताकोटी , बेताली (फुयाल) , बोलशे , बोगटी , भण्डारी ( अछमी) , माझी (खपतरी) , रायमाझी , राजोपाध्याय (रिमाल) , राय , रिमाल , रघुवंशी ( भण्डारी) , रोकायो , शाही , सिजापती , सन्जेल , सेन्चुरी , स्वार , हैता , अंगाईं, रेग्मी, साउँद, खप्तरी खड्का, खपतरी बिष्ट, खपतरी बुढाथोकी, बेडारी, फुँयाल, रिमाल, लामिछाने, माझी, रायमाझी, दसौलिया, खप्तरी बस्नेत, पुडासैनी, रघुवंशी, गौली , रेग्मी / गौडेल , खपतरी बस्नेत , खड्का, बिडारी, रसाइली , लामिछाने , ढुङ्गाना , धिताल, फुयाल, तिवारी , माझी , लुईँटेल , बानियाँ , भण्डारी , शाही ईत्यादि | यसका तीन प्रवर हुन्छन –
कौशिक, देवरात र औदल | माथी उल्लेखित थरका अरु गोत्रपनि हुने गरेको छ| विश्वामित्र प्रवरकाण्डमा धेरै गोत्रकाऋषिहरु रहेका छन्, यीनलाई दश गोत्रगणभित्र समेटिएको छ | यस काण्डमा कुशिक, रोहित, रौक्ष, कामकायन, अज, अघमर्षा, पूरण, इन्द्रकौशिक, धनञ्जय र कत गोत्रगण रहेका छन् | क्षेत्रीयकूलमा जन्मी ब्रह्मर्षि बन्न पुगेका विश्वामित्रका रेणु, सालवति र माधवी नामक श्रीमतिहरुबाट रेणुमान, सङ्कृति र मुद्गल गरी एकसय छोराहरु जन्मिएका थिए | यिनले वरण गरेका जेठा छोराको नाम मधुच्छन्दासः हो | यिनलाई मधुच्छन्दा पनि भनिन्छ |ऋग्वेदको पहिलो मन्त्रद्रष्टानै मधुच्छन्दा ऋषि हुन् – यिनका दुइ छोराहरु क्रमशः कौडिन्य र धनञ्जय गोत्र प्रवर्तक भएकाहुन |
साभार http://suvham.com/?p=3767– प्रवीण अधिकारी

गोत्र के हो ? कसरी भयो सुरुवात, कुन थरको कुन गोत्र ?
नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् ।
उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन् । त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित देखिन्छन् । गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो । एकै जना बाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बीच बिहावारी चल्दैन ।
नेपालमा जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको परवाह गरेको पाइँदैन। हिन्दु समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तल तिर क्रमशः अटुट रुपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ ।
यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मुख्य पर-बाजेका सन्तान र उनिहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर-बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ ।
एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो ।अर्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रुपमा चल्दै आइरहेको छ ।
नेपाली समाजमा गोत्र, जात र थर–व्यवस्था
नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्यौल छ। यसो हुनमा मूलतः दुई कारणले मुख्य भूमिका खेलेको देखिन्छ। एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु नेपाली समाज विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित भई आजसम्म आइपुगेका पाँच वटा महासभ्यताको महासङ्गम भएको समाज हो ।
पहिलो– उत्तरको ह्वाङ्हो र याङ्सी नदीको मैदानमा विकसित भई तिब्बत हुँदै नेपाल प्रवेश गरेको मङ्गोल सभ्यता। दोस्रो– युरोपबाट मध्य एसियाको ककेसिया हुँदै मस्टोपुजक संस्कृतिसहित पश्चिम नेपाल आइपुगेको खस सभ्यता। तेस्रो– युरोपबाट इरान हुँदै सिन्धुघाटी प्रवेश गरी गङ्गा मैदानमा पुगेर वेदको रचना गरी नेपाल आइपुगेको वैदिक आर्य सभ्यता। चौथोँ– मोहेनजोदारो र हडप्पाजस्ता भव्य सभ्यता निर्माण गरेका द्रविड र आस्ट्रिक जातिको सभ्यतामाथि आर्यहरूको हमलापछि पराजित भएर एवम् पटकपटक लड्दै नेपाल आइपुगेको द्रविड र आस्ट्रिक सभ्यता। यी चारै वटा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित महासभ्यता हुन्। र, पाँचौ– चौध सय वर्षअघि अरबबाट थालनी भई नेपाल आइपुगेको इस्लाम सभ्यता। यो पछिल्लो हो तर यो एउटा महासभ्यता नै हो ।
नेपाली समाज यी फरक–फरक पाँच महासभ्यतासँग सम्बन्धित दर्जनौ जाति र समुदाय रहेको समाज हो। उनीहरूका आ—आफ्नै वंश परम्परा, पुर्खा सम्बन्धी मान्यता एवं विश्वास र जीवन दृष्टिकोणहरू छन्। ती विषयहरू एक आपसमा फरक छन्। एउटा जाति वा समुदायका गोत्र, थर, वंशावली वा पुर्खा सम्बन्धी दृष्टिकोणबारे अर्को जाति वा समुदायलाई ज्ञान हुँदैन वा अत्यन्तै कम ज्ञान हुन्छ। गोत्र, थर, वंश परम्पराजस्ता विषयमा एक समुदायले अर्को समुदायसँग अन्तरक्रिया नगरी नहुने स्थिति जनजीवनमा अत्यन्त कम अवस्थामा मात्र आउने भएकोले पनि त्यस्तो अर्को समुदायबारे अनभिज्ञता रहन मद्दत पुर्याउँछ। अझ यसोभन्दा झनै सही होला कि नेपाली समाजमा चल्दै आएको समग्र अर्थ–राजनीतिक ढाँचाका कारणले नै नेपाली समाजमा गोत्र, थर आदिबारे भ्रमहरू रहिरहेका छन् ।
राजा पृथ्वीनारायण शाहद्वारा गोरखा राज्यको विस्तार गरी आजको नेपालमा हिन्दू उच्च जातीय पहाडिया आर्य–खस अहङ्कारवादमा आधारित राज्य सत्ता सञ्चालन गर्न सुरु गरी पञ्चायतकालसम्म आउँदा जसरी शिक्षा, संस्कृति, कानुन, राजनीति र अर्थतन्त्रमा एक छत्र पहाडिया हिन्दू उच्च जातीय दृष्टिकोण र मूल्य मान्यता लादियो, त्यसबाट कस्तो भ्रम जन्मिन पुग्यो भने पहाडिया हिन्दू उच्च जातको मात्रै व्यवस्थित गोत्र हुन्छ, उनीहरूको मात्रै सम्मानित थर हुन्छ, उनीहरूको मात्रै सम्मानित वंश परम्परा हुन्छ आदि–आदि ।
यसप्रकारको राज्यको बलात् हस्तक्षेपकारी नीतिका कारण हिन्दू उच्च जातबाहेककाको त्यस्ता विषयमा जानकारी लिन अरुलाई वास्तै नहुने, रुचि नै नजाग्ने, उनीहरूका थर गोत्र सुन्दा पनि असभ्य मान्छेको कमसल परिचय जस्तो भान हुने स्थिति बन्न पुग्यो। राज्यको त्यसप्रकारको नीति अघि बढ्दै जाँदा उत्पीडितहरूलाई थर लेख्न नदिने, थर नै फेरेर लेख्न बाध्य पार्ने आदि काम हुँदै आए। यसको सबै भन्दा बढी मार दलितमाथि पर्यो जसको कारण कतिपय स्थानका दलित परिवारले आफ्नो वास्तविक थर गोत्र नै बिर्सिसक्ने स्थितिसम्म पुगेको देखिन्छ। त्यसैगरी हिन्दू उच्च जातबाहेकका जनजाति, दलित, मुस्लिम समुदायकाले पनि आफ्नो गोत्र, थर, वंश परम्परालाई गर्वका साथ भन्न मन नलाग्ने, हिनताबोध हुने वा कम्तीमा आफैभित्र मात्र चुपचाप अभ्यास गरिरहने दुर्भाग्यपूर्ण परिघटना घट्दै आयो ।
गोत्र के हो ?
प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरूका रूपमा उल्लेख गरेका छन् (मोर्गन सन् १९६४)। अर्थात् गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुण्ड हो। त्यतिबेला बाबुको पहिचान आवश्यक नभइसकेकाले हजुरआमाका सन्तानलाई मानिएको हो, किनकि आमा मात्र निश्चित पहिचान हुने अवस्था थियो। त्यसपछिका सबै जसो समाजशास्त्रीले पनि मानव समाजमा देखापरेको सुरुको गोत्र प्रणालीलाई एउटै हजुरआमाका रक्त नाताका सन्ततिको झुण्ड थिए भन्ने कुरा स्वीकार गरेका छन् ।
यसप्रकार मानव समाजमा सुरुमा गोत्र भन्नाले एउटै पुर्ख्यौली रक्तखलकका मानिसको झुण्ड थियो। तर मानव समाज सात हजार वर्षभन्दा बढी लामो यात्रा गर्ने क्रममा सयौं जाति, हजारौं उपजातिमा विभक्त र विकसित भइसकेको छ। त्यसैले गोत्रको त्यो शैशवकालीन अवस्था, परिभाषा र बुझाइ आज जस्ताको जस्तै छैन। अर्को कुरा, मातृप्रधान समाज भत्केर पितृसत्तात्मक युगको पनि आज करिब सात हजार वर्ष बितिसकेको स्थितिमा आजका मानवशास्त्रीहरूले भने झैं कुनै पनि जातिमा रक्तशुद्धता भन्ने बाँकी छैन, कतै न कतै छ्यासमिस भइसकेको छ। त्यसैले गोत्र वा थरहरूबारे छलफल अब रक्तशुद्धता वा वंशीय श्रेष्ठताका निम्ति गरिनु हास्यास्पद विषय हुन पुग्दछ, जस्तो कि अझै कतिपयले त्यस्तो गर्ने प्रयत्न गर्दछन् ।
आजको विश्वग्रामको युगमा र प्रेम विवाह हावी हुँदै गएको समयमा गोत्र र थरको विषय एउटा सामान्य पारिवारिक वा व्यक्ति परिचयको अर्थमा मात्र कार्यकारी हुन थालेको छ। गोत्र वा थर बढीमा मागी विवाहमा अर्थपूर्ण अझै छ र सारमा विवाह गर्दा नजिकको वंशमा खप्टिन नपुगोस् भन्नाका लागि मात्र उपयोग भइरहेको छ। भविष्यमा थरहरू केवल परिवार र व्यक्ति परिचयमा मात्र सीमित हुने स्थिति आजबाट हेर्दा स्पष्ट देख्न सकिन्छ। यसर्थ, आज गोत्र र थरहरूको अध्ययन आफ्ना पूर्वजको लहरो पहिल्याउनेसम्मको यात्रा हो, त्यो पनि बाबुबाट मात्र वंश चल्दै आएकाले पुरुष पूर्वजको मात्र लहरो फेला पर्ने यात्रा हो। नेपालमा गोत्र र थर जस्ता विषयलाई पनि उत्पीडन, अपमान, शोषक वर्गीय मुल्य मान्यता निर्माणका सानातिना कलपूर्जा बनाइएको ऐतिहासिकता रहेकाले उत्पीडित समुदायले यी विषयका यथार्थलाई पनि सतहमा ल्याएर समता र अधिकारको लडाइँको अङ्ग बनाउनु भने अवश्य पर्दछ। कुनै पनि मानव समुदाय अर्को भन्दा कमसल होइन भनी पुष्टि गर्न यस्ता विषयले पनि गम्भीर महत्व राख्दछन् ।
मानव समाजमा गोत्र जसरी सुरुआत भए पनि र तिनले समाज विकासमा जस्तो भूमिका खेलेका भए पनि आज तिनको रूप र अवस्था त्यही रूपमा छैन भन्ने प्रष्टै छ। त्यस सन्दर्भमा हेर्दा नेपालमा रहेका सबै जाति समुदायको गोत्र परम्पराको अवस्था, अवशेष र रूप कुन अवस्थामा छ भनी गंभीर अध्ययन जरुरी छ र मूलतः हुन बाँकी छ। त्यसमध्ये हिन्दू गोत्र परम्परा भने एक प्रकारले रोचक पनि छ। वास्तवमा हिन्दू परम्परा जसलाई भनिन्छ, त्यो हिन्दू उच्च जातीय गोत्र परम्परा हो किनकि त्यसभित्र दलितहरूलाई राखिन्न। हिन्दू उच्च जातीय गोत्र भनेका ऋषिहरूका नाम हुन् अर्थात हिन्दू फरक फरक ऋषिका सन्तानहरू नै हिन्दू उच्च जात हुन् भन्ने दावी त्यसमा पाइन्छ ।
ती मुख्य ऋषिका चेला वा उपऋषिहरूको नामलाई चाँहि प्रवर भन्ने गरिन्छ। यसरी जो ऋषिका सन्तान हुन्, ती सबै उच्च जातीय मानिन्छन्; तब नीच मानिएका जातको वंश खलकलाई ऋषिसँग जोड्न मिल्ने कुरै भएन। त्यसैले दलितहरूको गोत्र र प्रवर ऋषिको नामसँग सम्बन्धित गर्न दिइएको छैन। जो जात घटुवामा परेर अछूत बन्न पुग्यो, त्यसको पनि पुरानो गोत्र क्रमशः खोस्दै लगेर आम ‘अछूत’ को परम्परागत गोत्रमै कायम गरिदिने प्रचलन चल्यो ।
यसप्रकार हिन्दू उच्च जातीय गोत्र वास्तवमा हिन्दू वर्ण व्यवस्थामा आधारित जातीय श्रेष्ठता कायम गर्न निर्मित मिथक मात्र हुन्; मानव समाजको सभ्यताको शैशवकालीन एउटै वंश परम्परामा आधारित गोत्रको निरन्तरता होइन। यो विषयलाई सामान्य विश्लेषणबाट पनि स्पष्ट पार्न सकिन्छ किनभने ऋषिहरू स्वयमको गोत्र के थियो? के ऋषिहरूभन्दा पहिले गोत्रमा आधारित समाज थिएन? समाजमा ऋषि स्वतः थोरै हुन्थे भने ऋषिबाहेकका बहुसङ्ख्यक मानिस जो हिन्दू नै थिए, तिनको गोत्र के थियो? ऋषिपछिका त आजका तागाधारी समुदाय भए तर ऋषिहरूसँगै बाँचेका मानिसहरू जो ऋषिका सन्तान होइनन तर हिन्दू नै हुन, ती तमाम ब्राह्मण र क्षेत्रीय बाहेकका वैश्यहरूको गोत्र पनि कसरी ऋषिकै नाममा रहन गयो ?
यस्ता कैयन प्रश्नहरू छन्, जसको विश्लेषण गर्दा हिन्दू उच्च जातीय ऋषि नामका गोत्र र प्रवरहरू उच्च जातीय श्रेष्ठता सिर्जना गर्न बनाइएका मिथक मात्र हुन् भन्न सजिलै सकिन्छ। तर हिन्दू समाजमा दलितहरूको गोत्र, अझ ठोस गरी भन्दा आर्य–खसभित्रका दलितको गोत्र चाँहि कल्पित मिथकभन्दा बढी वंश परम्पराको ठोस त्यान्द्रोलाई सङ्केत गर्ने खालका छन्। आर्य–खसभित्रका दलितको मूलतः तीन वटा गोत्र छन्। एक, काशी। दुई, कोशल वा कौशल्य। र तीन, काशी कोशल। काशी भनेको हिन्दू तीर्थ काशी होइन। बरु काशी भनेको खस जातिको एउटा शाखा वा एक समयको प्राचीन नाम हो जुन जातिलाई छागल पनि भनिन्थ्यो। त्यसैगरी कोशल पनि खसभित्रको छाग जातिकै अर्को नाम हो। काशी कोशल भन्दा दुई वटै खसभित्रका प्राचीन जाति बुझाउँछ। गौतम बुद्धकालमा भारत वर्षमा भएका सोह्रवटा महाजनपदहरू मध्ये दुई वटा काशी र कोशल जनपदहरू थिए भन्ने तथ्यले पनि काशी र कोशल शब्दले प्राचीन पूर्खा नै जनाउँछन् भनी पुष्ठि गर्दछ। यसरी हेर्दा आर्य–खसभित्रको ‘अछूत’ वा पुहुनी गोत्रले बढी वंश परम्पराको त्यान्द्रो समातेको छ। यो गोत्र ब्राह्मणमा नहुनु र खसबाट हिन्दू बनाइएका केही क्षेत्रीमा चाँहि पाइनुले पनि यी गोत्र खस वंश परम्परालाई सङ्केत गर्ने स्तरका हुन् भनी भन्न सकिन्छ ।
त्यसैगरी आर्य–खसभित्रका दलितमा प्रवर हुँदैन जुन ऋषिकै नाम हो बरु शाखा भन्ने हुन्छ। थरसँगै शाखा सोध्ने चलन नै थियो र अधिकांशको ब्रह्म शाखा, उदिमा शाखा, साई शाखा आदि हुने गर्दछ। यो ब्रह्मको अर्थ हिन्दू ब्रह्माजी होइन बरु यो ब्रह्मपुत्र नदीसँग सम्वन्धित छ। खसहरू विभिन्न बाटोबाट हिमालय काटेर दक्षिणतिर लागेका थिए । त्यसमध्ये एउटा शाखा ब्रम्हपुत्र नदीसँगै मानसरोवरबाट गङ्गा मैदानतिर लागेको बुझिन्छ। त्यसैले गोत्र र थरसँगै तिनको शाखा ब्रह्म बन्न पुगेको देखिन्छ। गोत्रसँगै आर्य–खस दलितहरूमा शाखा पनि भन्ने चलनले शाखा प्राचीन खसहरूको विभिन्न यात्री झुण्डलाई सङ्केत गर्ने परिचय बुझिन्छ जुन वैदिक आर्य उच्च जातीय गोत्र प्रणालीमा पाइन्न ।
जात के हो ?
हिन्दू वर्णव्यवस्था अनुसार तोकिएको पेशागत नाम र तह नै जात हो। सुरुमा चार वर्ण ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र भनेको पेशागत क्षेत्रको मानव समुह र तहगत व्यवस्था थियो। त्यसमा क्रमशः पेशा थपिदै गए र त्यही अनुसार पेशाकै आधारमा जातको नाम र त्यसको तह निर्धारण गर्दै लगियो। ब्राह्मण र क्षेत्रीय जुन मूल शासक हुन्, उनीहरूको पेशा र तह स्थिर राखियो अर्थात ज्ञान र सत्ताको पेशा ।
त्यसबाहेक वैश्य र शूद्रहरूको पेशागत क्षेत्रहरू बढ्दै गए। श्रम क्षेत्र बढ्दै जाँदा वैश्य अन्र्तगत र शूद्र अन्तरगत आवश्यकता अनुसार जात र तह पनि बढाउँदै लगियो। ब्राह्मणभित्र उपाध्याय, जैशी, पूर्वीया, कुमाई जस्ता केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसैगरी क्षेत्रीमा पनि झर्रो, घर्ती केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसको एउटै कारण हो कि उनीहरूको ज्ञान र शासनको मूल श्रम क्षेत्र कायम राखियो। वैश्य र शूद्रभित्र मात्रै तहगत आशयका जात किन बनाइयो भन्दा उनीहरूबाट नै सबैथरी श्रमको काम गराइयो ।
कारण यही नै हो। जात अर्थात् श्रम क्षेत्र वा पेशा। यस प्रकार जातको नाम पनि श्रम वा स्थान विशेषसँग सम्बन्धित हुने गरेका छन् र अहिले पनि प्रचलित जातको नामको चरित्र त्यस्तै कायम नै छ। जस्तै, कर्मीबाट कामी, दमाह बजाउने दमाहीबाट दमाई, जुम्लाको –कतिपयका भनाइमा हुम्ला) सराक भन्ने स्थानबाट फैलिएका सराकीबाट सार्की, वाद्य अर्थात बाजाको काम गर्ने वाद्येयीबाट बादी, गाउनेबाट गाइने, द्य (देउता) को मन्दिर सफा गर्ने, रखवारी गर्ने द्यला; चर्म अर्थात् छालाको काम गर्ने चमार आदि आदि ।
थर के हो ?
थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो। वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । नेपालमा एउटै थरभित्र विवाह गर्नै नहुने, आफ्नै थरभित्र मात्र विवाह गर्न मिल्नेदेखि थरलाई नामसँगै जोडेर भन्ने परम्परा नै नभएका जातिसम्म बस्दछन् । नेपालका हिन्दूहरूमा सामान्यतया कूलको अर्थ बोकेका एउटै थरकाबीच विवाह हुँदैन। नेवारमा एउटै थरभित्र मात्र विवाह हुन्छ । हिमाली भोटे जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर अहिले नामसँगै थर भन्ने अरुसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन्। जनजातिमा र मुस्लिम समुदायमा पनि थरले महत्वपूर्ण स्थान ओगटेकै छ। त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरक फरक हुन्छन् भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ ।
थरहरू यसप्रकारले निम्नानुसार बनेका छन्ः
क) उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल ।
ख) पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की ।
ग) पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य ।
घ) पद्वीसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा ।
ङ) सामाजिक हैसियतको सङ्क्रमणकालसँग सम्बन्धित जस्तै विटुला ।
च) जाति वा जातसँग सम्बन्धित, सीधै जात नै नाम थरको रूपमा प्रयोग यसभित्र पर्छन् ।
छ) राष्द्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली ।
ज) आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा ।
झ) ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा ।
नेपालका आर्य–खस, मधेसी र नेवारभित्रका दलितहरूको थर निर्माणको प्रक्रिया र विद्यमान थरहरू पनि अन्य सबै जाति समुदायको जस्तै नै हो। यी तिनै जाति/समुदायभित्रका दलितको थुप्रै थरहरू र ती जाति समुदायभित्रका गैरदलितको थुप्रै थरहरू मिल्छन होइन बरु एउटै हुन्। त्यसैगरी प्रत्येक जाति/जात/समुदायमा मात्र पाइने थर भए जस्तै दलितभित्रका विभिन्न जातहरूमा मात्र पाइने थर पनि छन्।
दलितहरूका थर र गैरदलितका थर मिल्नुका तीन वटा कारण छन्। एक, उद्गम स्थल एउटै भएकोले। जस्तै, पौडी क्षेत्रबाट हिडेका हुनाले ब्राह्मण पनि पौडेल र दलित पनि पौडेल भनी चिनियो । दुई, पद्वीसँग मिल्न गएकाले । जस्तै, मण्डल, मिझार जस्ता पद दलित, जनजाति र मधेसका वैश्य अन्तरगतका कतिपय जातको मुखियालाई दिइन्थ्यो। त्यही पद्वी दलित, गैरदलितले थर बनाउँदा मिल्न गयो । र तीन, गैरदलित पुरुषलाई जात झारेर सजाय दिँदा थर चाँहि कथित माथिल्लो जातकै बाँकी रहन पुग्यो ।
थरको आधारमा जाति वा जातको चिनारी सम्भव छैन !
नेपाल यस्तो देश हो जहाँ नाम र थरको आधारमा एउटा समुदायलाई मात्र प्रष्ट चिन्न सम्भव छ— त्यो हो मुस्लिम। अरु कसैको पनि पहिचान सम्भव छैन। लामा थर लेख्ने नेपालमा दर्जन भन्दा बढी जाति छन्। लामा थरका आधारमा जाति कसरी चिन्ने ? मण्डल, चौधरी, लगाएतका थर लेख्ने थुप्रै जात/जाति छन् । थरका आधारमा कसरी जात चिन्ने? शर्मा थर लेख्ने आर्य–खस, नेवार र मधेसमा छन्। थरका आधारमा कसरी चिन्ने? किराँत राई या राय दुवै पदीय थर हुन् जुन दनुवार, किराँत, यादव, नेवार र क्षेत्रीको हुन्छ । अब कसरी छुट्याउने? बुढाथोकी मगर, कामी, क्षेत्री हुन्छन्। अब थरका आधारमा कसरी किटान गर्ने? पौडेल उपाध्याय ब्राह्मणदेखि बादीसम्म हुन्छन्। राउत पहाडिया क्षेत्री, मधेसी वैश्य र धोवी दलितसम्मको हुन्छ । कसरी जात छुट्याउने ?
तसर्थ, थरहरूको आधारमा मात्र नेपालमा जाति वा जात प्रष्ट हुन्छ भनी बुझ्ने बुझाइ नै गलत छ, त्यस बुझाइलाई फेर्नु अवश्यम्भावी छ । नेपालमा जाति वा जात जान्न वा खुलाउन खोज्दा थर मात्र भनेर पुग्दैन बरु जाति वा जात पनि अनिवार्य रूपमा खुलाउनु पर्ने हुन्छ। थरको आधारमा मात्र व्यक्तिको सम्पूर्ण परिचय खुल्ने अवस्था नेपालमा छैन ।
साभार दैनिक नेपाल२०७४ फागुन १२ गते ८:०८
कौशिक गोत्रका थरहरु
नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो। यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि जानिन्छ,हिन्दूका विभिन्न थरहरू हुन्छन्। ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन्। उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन्। त्यसैले उनीहरूकागोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित देखिन्छन्। गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो। एकै जना बाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बिच बिहावारी चल्दैन। नेपालमा जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको परवाह गरेको पाइँदैन। हिन्दु समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तल तिर क्रमशः अटुट रुपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ । यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मुख्य पर-बाजेका सन्तान र उनिहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर-बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ । एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । अर्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रुपमा चल्दै आइरहेको छ
धेरै मानिसलाई आफू कुन गोत्र हो अनि आफ्ना सगोत्री को को हुन भन्ने पत्तो हुदैन।सगोत्रीमा विबाह आदि कार्य गर्न बन्देज लगाइएको छ।त्यसैले आफ्ना सगोत्रीहरु थाहा पाइरहन आवश्यक हुन्छ।
कौशिक नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।यसका तीन प्रवर हुन्छन।कौशिक, देवरात र औदल गरि ३ प्रवर यस गोत्रमा हुने गरेका छन।अहिलेसम्म भेटिएका कौशिक गोत्रका थरहरु निम्न प्रकार उल्लेख गरिएको छ:
रेग्मी
घोडासैनी वा धोरासैनी
चिमाली (फुयाल)
छत्कुली
जोशी (रेग्मी)
टण्डन
डागी
तिवारी
थापा
धामी
ढुङ्गाना
पाठक
पुडासैनी
फुयाल
बखेती / बखती
बम
बस्ताकोटी
बानिया
बिडारी
बोलशे
बोगटी
रायमाझी
राया
रिमाल
रोकायो
लामिछाने
लुइँटेल
सन्जेल
सेन्चुरी
स्वार
हैता
राजोपाध्याय (रिमाल)
माझी (खपतरी)
शाही ( सिजापती)
बिष्ट (खपतरी)
बुढाथोकी (खपतरी)
बेताली (फुयाल)
बस्नेत (खपतरी)
खड्का (खपतरी , बुड्थापा)
माथी उल्लेखित थरका अरु गोत्र पनि हुने गरेको पाइएको छ। त्यसैले आफू कुन गोत्रको थर हो भन्ने थाहा पाउन आआफ्नो पुर्खा वा वृद्धहरुको सल्लाह लिन आवश्यक हुन्छ।

Subscribe to:
Comments (Atom)