Saturday, January 26, 2019

केन्द्रिय युवा परिषदको पहिलो भेला काठमाण्डौमा हुने

गत पौष १४ गते केन्द्रिय युवा परिषदको पहिलो बैठकले गरेको निर्णय सदर गर्दै आज माघ ११ गते बस्ताकोटी बंस अनुसन्धान परिषदले एउटा महत्त्वपूर्ण निर्णय गरेको छ ।

केन्द्रिय कमिटीको पहिलो बैठकबाट आउदो चैत्र २३ गते सनिवार काठमाडौंमा बृहत युवा परिषदको भेला गर्ने निणय भएको छ  । सन्तोष बस्ताकोटीको संयोजकत्वमा  बनेको केन्द्रिय युवा परिषद तदर्थ समितीलाई भेला आयोजना गर्न सहयोग पुर्याउन केन्द्रिय कमिटीले केदारनाथ बस्ताकोटीको संयोजकत्वमा एक कमिटी बनाएको छ । जसले युवा भेला गर्न युवाहरुलाई सहयोग पुर्याउने, दिशानिर्देश गर्ने छ । जसको सदस्यमा युवा परिषद केन्द्रिय तर्दथ समितीका पदाधीकारी सहीत  कृष्ण प्रसाद बस्ताकोटी, दिलिप बस्ताकोटी स्यांजा, कुमार शर्मा बस्ताकोटी बिराटनगर, दिपकचन्द्र बस्ताकोटी, नवलपरासी, ढकनाथ बस्ताकोटी गोर्खा, बेदप्रसाद बस्ताकोटी कास्की,  गणेश भक्त बस्ताकोटी कास्की समेत रहने गरी निर्णय गरेको छ । युवालाई वेबसाइट बनाउने, चलाउने जिम्मा दिनु पर्छ भन्ने युवाहरुको पहिलो बैठकको निणर्य भएपनि परिषदको बैठकले  कुनै निर्णय गरेन । अव युवा बन्धुहरुको  काधमा महत्वपुर्ण जिम्मेवारी थपीएको छ । युवाहरुले अवश्यपनि जिम्मेवारी गहनताका साथ निवार्ह गर्नुहुनेछ भन्नेमा बिश्वास लिएको छु । सबैलाई बधाई छ । अवश्यपनि चैत्र २३ गते सबैको भेट हुने नै छ । यहि कार्यक्रमलाई मध्यनजर गरी केन्द्रिय समितीको दोस्रो बैढक समेत उक्त दिन सोही स्थानमा हुने छ ।

सन्तोष बस्ताकोटी, कृष्ण प्रसाद बस्ताकोटी रिजोन बिशाल, सानोकाजी बस्ताकोटी, ॠषिकेश बस्ताकोटी लगायत सम्पुर्ण बस्ताकोटी युवाहरुलाई मुख्य जिम्मेवारी आएको छ । उक्त भेलामा चेलीबेटी, भाउजुबुहारी सबैलाई उपस्थितहुन र युवा परिषदको कार्यक्रम सफल बनाउन, अनुरोध छ । चेलीबेटी, भाउजुबुहारीलाई स्पेशल कोटा छुट्याएर केन्द्रिय युवा परिषदमा राख्न सबैमा आब्हान गर्दछु ।

यसै गरि  बामदेब बस्ताकोटीको संयोजकत्वमा बस्ताकोटी बंस अनुसन्धान परिषद जिल्ला शाखा गठन गर्न एक उपसमीती बनाइएको छ ।

कार्यक्रम
स्थान : छिमेकी पार्टीप्यालेस, जोरपाटी, काठमाण्डौ
मिति : २०७५ चैत्र २३ गते
समय:  बिहान १० बजे ।

No comments:

Post a Comment